बिहीबार, साउन ७, २०८३

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि गंगालालमा उपचार गरिँदै

पौडेललाई मुटुमा समस्या देखिएपछि मंगलबार बिहान बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो। 
 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं– महिना दिनअघि छिमेकी भारतमा गएर स्वास्थ्योपचार गरी स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्। पौडेललाई मुटुमा समस्या देखिएपछि मंगलबार बिहान बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो।

यद्यपि यसबारे शीतलनिवासले हालसम्म बुलेटिन जारी गरेको छैन।

पौडेललाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको उनको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको बताइन्छ। पौडेललाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिनेछ।

अस्पताल भर्ना भएपछि पौडेलको मुटु परीक्षणका लागि एनजिओग्राम गरिएको छ। हाल गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ।

प्रकाशित: Jun 13, 2023| 14:55 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्