बुधबार, फागुन २७, २०८२

क्याम्पसलाई मर्ज हुन त्रिविले खुलायो निवेदन

सम्बन्धनप्राप्त दुई वा दुई बढी क्याम्पस एकापसमा गाभिई समायोजन हुन चाहे असार मसान्तसम्म त्रिविको योजना निर्देशनालयमा निवेदन पेस गर्नुपर्नेछ।
 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न सूचना जारी गरेको गरेको छ।

National life

सम्बन्धनप्राप्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रुपले एकापसमा गाभिई समायोजन हुन चाहे असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न त्रिविले आग्रह गरेको हो।

त्रिविले सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेस गर्न भनिएको छ। 

निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धनपत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: Jun 13, 2023| 11:47 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्