आइतबार, वैशाख २७, २०८३

सिंगापुर फलोअप उपचारमा जाँदै देउवा

देउवा आज राती ११ बजे सिंगापुर एयरलाइन्समार्फत उपचारका लागि जान लागेको उनको सचिवालयले बताएको हो।
 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

National life

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा पेटमा खराबी देखिएपछि नियमित फलोअप उपचारका लागि सिंगापुर जाँदै छन् । देउवा आज राती ११ बजे सिंगापुर एयरलाइन्समार्फत उपचारका लागि जान लागेको उनको सचिवालयले बताएको हो।

देउवाले पेटसम्बन्धी समस्या देखिएपछि केही वर्षदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्। अहिले फलोअपमा जान लागेका हुन्।

पेटसम्बन्धी उपचारको फलोअपका लागि २–२ वर्षमा जानुपर्नेमा देउवा १ वर्ष ढिलो गरी सिंगापुर जान लागेको बताइन्छ। पत्नी आरजुसहित सिंगापुर जान लागेका देउवा साता दिनपछि काठमाडौं फर्किनेछन्।

प्रकाशित: Jun 13, 2023| 11:02 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्