काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीतालाई नियमित चेकजाँचका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ। सीतालाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो।
प्रचण्डपत्नी सीताको लामो समय मेडिसिटी र सुमेरु अस्पतालमा उपचार गरिए पनि हाल बालुवाटारमै घरमै उपचार गरिँदै आएको छ।
नर्भिकमा उनको नियमित चेकजाँच सुरु भएको छ। उनको स्वास्थ्यावस्था जटिल छ सीता लामो समयदेखि पार्किन्सन लक्षणको रोगबाट पीडित छन्।पत्नी सीताको उपचारका लागि प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक पुगेका छन्।
सीतालाई नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको बताइएको छ।