बुधबार, फागुन २७, २०८२

चकडस्टर समाउँदै कांग्रेस नेता मिनेन्द्र रिजाल

अमेरिकाबाट पीएचडी गरेका रिजालले हरेक आइतबार ८ देखि १० बजेसम्म एपेक्स कलेजमा पढाउन थालेका हुन्।
 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं– राजनीतिमा लागेर सांसद एवं मन्त्री भइसकेका कांग्रेस नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि नियमित पेसामा फर्किएका छन्।  रिजालले सामाजिक सञ्जाल ट्वीटरमार्फत् १९ वर्षपछि नियमित अध्यापन पेसामा फर्किएर चकडस्टर समाउन लागेको बताएका हुन्।

National life

अमेरिकाबाट पीएचडी गरेका रिजालले हरेक आइतबार ८ देखि १० बजेसम्म एपेक्स कलेजमा पढाउन थालेका हुन्। एपेक्स कलेजका साहू भए पनि पछिल्लो समय उनले बिक्री गरेका छन्। 

रिजाललाई गत मंसिरको प्रतिनिधिसभा निर्वाचनमा टिकट दिइएको थिएन। सोही कारण सभापति देउवासँग रिसाएका थिए। तर केही साताअघि सभापति देउवाले रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। 

राजनीतिलाई दिए पनि साताको एक–दुई घन्टा एपेक्समा अध्ययनरत एमबीएका विद्यार्थीलाई अध्यापन गराउने रिजालले ट्वीटमार्फत रिजालले जानकारी दिएका छन्। 

प्रकाशित: Jun 12, 2023| 15:56 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्