आइतबार, वैशाख २७, २०८३

लसुनका फाइदा: इम्युनिटी बढाउनेदेखि रक्तचाप नियन्त्रणसम्म

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- लसुन सजिलै उपलब्ध हुने भएकोले सबैको भान्सामा हुन्छ। सामान्यतया: तरकारी, दाल, मासुलगायत परिकारलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरिन्छ। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।

National life

नियमित लसुन खानुका केही फाइदाहरूः

१. लसुनमा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ। यसले मुटुलाई स्वस्थ राख्न र रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ।

२. लसुनले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। क्यान्सरजस्ता गम्भीर रोगसँग लड्ने क्षमता पनि लसुनमा हुन्छ।

३. लसुनको प्रयोग दाँत दुखाईमा पनि उपयोगी मानिन्छ। काँचो लसुनलाई पिसेर दुखेको ठाउँमा लगाउँदा राहत मिल्छ।

४. लसुनको नियमित सेवनले रूघाखोकी र एलर्जी पनि कम गराउँछ।

५. यसले पेटको हानिकारक तत्व बाहिर निकाल्ने हुँदा पेटको लागि फाइदाजनक छ। लसुनको प्रयोगले आयुसमेत बढाउँछ।

६. भोक जगाउने र तौल बढाउन पनि मद्दत गर्छ। 

 -हेल्थलाइन डटकम

प्रकाशित: Jun 13, 2023| 06:21 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्