NadaNada
शनिबार, भदौ ७, २०८२

चितवन कारागारका कैदीबन्दीमा छाला रोग देखियो

कारागारमा रहेका कैदीबन्दीमध्ये ३ सय जनामा छाला रोगको समस्या देखिएको हो।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

चितवन–जिल्ला कारागार चितवनमा छालाको समस्याका बिरामीको संख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो। कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये ३ सय जनामा छाला रोगको समस्या देखिएको हो।

बसाइँ साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायत समस्या देखिएको उनले बताए। विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए। उनले भने, ‘यो समस्या अझै फैलिन सक्ने देखिन्छ।’ गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनको भनाइ छ।

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उनले जानकारी दिए। यसको रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनले बताए।

कारागारमा ७४० कैदीबन्दी रहेका छन्। २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६९३ र २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४७ जना कैदीबन्दी छन्। तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए।

प्रकाशित: Jun 10, 2023| 14:25 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्