बुधबार, फागुन २७, २०८२

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

अधिक गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगर क्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

गोरखा– गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्रभित्रका सवै विधालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगर क्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

National life

ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले जानकारी दिए। ‘गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालय बन्द गरिएको हो’, उनले भने, ‘अहिले दिइएको बिदालाई आउदो बर्खे बिदाबाट कट्टी गर्ने गरी २८ आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।’

गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख चिन्तनको भनाइ छ। ‘विद्यालयका भवन समेत तातेर दिउँसोको समय बालबालिका कक्षाकोठाभित्र पनि बस्नै नसक्ने अवस्था छ’, उनले भने, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केही दिनका लागि पठनपाठन रोकिएको हो।’

पालुङटार क्षेत्रमा पछिल्लो समय ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख चिन्तनले बताए। ‘हिजोआज तापक्रम घट्नुभन्दा झनझन बढ्दै गएको छ’, उनले भने, ‘ठूला मानिसलाई दिनको समयमा घर बाहिर निस्किएर हिँडडुल गर्न कठिन भएको छ।’

पालुङटार नगरपालिकाभित्र ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए। गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङली, पालुङटार, ठाटीपोखरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थी बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 10, 2023| 17:45 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्