बुधबार, फागुन २७, २०८२

कुलेश्वर माविमा 'शिक्षामा सीप' कार्यक्रम

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाले शुक्रबार कुलेश्वर माविमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न सीप सिकाइनुका साथै रैथाने परिकार खुवाइएको थियो।

National life

कार्यक्रमबारे जानकारी दिँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा भनेका छन्-
हामी निरन्तरतामा विश्वास गर्छौं। शिक्षामा सीप कार्यक्रम आज पनि सधैंझैं विद्यालयहरूमा सञ्चालन भयो। विद्यालयमा पुगेर निरीक्षण गर्ने, भइरहेको कामहरूको गुणस्तर चेकजाँच, सुधार गर्नुपर्ने पक्षहरूको अगाडि बढाउँदै खटिनु भएका सम्पूर्ण जनप्रतिनिधि, सम्बन्धित अधिकारीहरू, सचिवालय सदस्यहरू, शिक्षक र अभिभावकज्यूहरूलाई धन्यवाद।

आज महानगरको सामुदायिक विद्यालयको कक्षा ८ सम्म अध्ययन गर्ने ३४ हजार विद्यार्थीले हुम्लाको रैथाने बाली कागुनो र चिनोको परिकार खानुभएको छ। उक्त रैथाने बालीको बारेमा हिजो बिहीबार महानगरले क्षेत्रपार्टीको कन्या माविमा महानगरका ८९ वटै सामुदायिक विद्यालयका कुकहरूलाई  महानगरको तर्फबाट सेफ सन्तोष शाहले  प्रशिक्षण दिनुभएको थियो। साथै यस्ता रैथाने बालीको महत्त्व र कसरी संरक्षण गर्न सकिन्छ भनेर बुझाउनु भएको थियो।

आज अनुगमन भएको ज्ञानोदय माविमा पहिलेदेखि नै सिभिल इन्जिनियरिङ, आइटी लगायतको प्राविधिक शिक्षा पढाइ हुँदैछ। महानगरले सुरु गरेको शिक्षामा सीपअन्तर्गत कुलिनरी आर्ट, मोबाइल रिपेयरिङ, फेसन डिजाइनिङ लगायतको कार्यक्रम सञ्चालन हुँदैछन्। यसका अलावा विद्यालयमा अन्य अतिरिक्त क्रियाकलापमा आफूले बनाएको सामानहरू प्रदर्शन गरेका थिए। यस्तै बाँसबारी र जनकल्याण माविमा सचिवालयका साथीहरूले अनुगमन गर्नु भएको थियो। कुलेश्वर माविमा महानगरका शिक्षामा सीप अन्तर्गत विभिन्न कार्यक्रम भएको थियो। खाद्य सल्लाहकारहरूले रैथाने बाली सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 09, 2023| 18:41 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्