बुधबार, फागुन २७, २०८२

'लु'बाट कसरी जोगाउने बालबच्चालाई ?

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

दुई वर्षभन्दा मुनिका बालबालिकालाई गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक हुन्छ।  

National life

तातो हावा तथा लुका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। गर्मी मौसममा तापमान बढ्दै जाँदा लुको खतरा पनि बढ्दै जान्छ। 

यस्तो अवस्थामा दुई वर्षभन्दा मुनिका बालबालिकालाई 'लु' बाट यसरी जोगाउनुहोस्:

- स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने
- ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने
- घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने
- चिसो पानीले नुहाउने
- पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने
- घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने
-  शितलमा बस्ने
- मौसमी तथा ताजा फलफूल राम्ररी धोई पखाली खुवाउने

यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, आलसतालस भएमा, बान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 10, 2023| 06:21 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्