बिहीबार, साउन ७, २०८३

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या शून्य

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ३८ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि संक्रमण फेला नपरेको हो। 

यसबीचमा तीन जना संक्रमुक्त भएका छन् भने छ हजार ४६४ जनाले कोरोना खोप लगाएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हाल देशभर जम्मा ११ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 09, 2023| 16:15 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्