NadaNada
शनिबार, भदौ ७, २०८२

कक्षा ११ का विद्यार्थीलाई आफ्नै नयाँ भवनमा स्वागत गर्दै ट्रिटन

 |  शुक्रबार, जेठ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

vianetvianet

काठमाडौं- ट्रिटन इन्टनेशनल कलेजले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको लागि प्रि–रजिष्ट्रेशन खुलाएको छ। २०८० को कक्षा ११ मा भर्ना हुने पहिलो ब्याचको लागि कलेजले आफ्नै नवनिर्मित भवनमा स्वागत गर्ने भएको छ।

कलेजका प्रधानाध्यापक एसोसिएट प्रोफेसर मदन शाक्यले एसईई दिएर बसेका विद्यार्थीलाई ट्रिटनमा स्वागत गर्न उत्साहित रहेको जनाए। उनले कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानुन विषय सञ्चालनमा रहेको बताउँदै भने, ‘हामीले बाहिरबाट आउनेदेखि लिएर सबै विद्यार्थीका लागि विशेष छुटको व्यवस्था समेत गरेका छौं।’

कलेजमा बीबीए (कम्प्युटर एप्लिकेशनमा स्नातक), बीबीएस (बिजनेस स्टडिजमा स्नातक)का साथै बीएसडब्लू र एमबिएससम्मको अध्यापन हुन्छ।

प्रअ शाक्यका अनुसार कलेजले अतिरिक्त गतिविधि समेत गराउँदै आएको छ। क्रिकेट प्रतियोगिता, योग तथा ध्यान अभ्यास, वादविवाद, निबन्ध लेखन प्रतियोगिता, टेबलटेनिश, बास्केटबल र फूटबललगायतका थुप्रै गतिविधिहरु वर्षभरि नै सञ्चालन भइरहने शाक्यले बताए। उनले भने, ‘हाम्रो कलेजमा प्रायः सबै जिल्लाका विद्यार्थी पढ्ने गरेका छन्। ६ वर्षयता विद्यार्थी संख्या दु्रतगतिले बढेको छ। नयाँ भर्ना हुन आउने विद्यार्थीको आकर्षण विज्ञानमा रहे पनि व्यवस्थापमा पनि यतिबेला आकर्षण बढ्दो छ। व्यवस्थापनमा पनि विषयगत हिसाबले एकाउन्टिङ, इकोनोमिक्स र होटेल मेनेजमेन्टमा विद्यार्थीको रुचि छ।’ कलेजले यतिबेला बाहिरबाट आउने विद्यार्थीको लागि पब्लिक स्पिकिङ कोर्ष सञ्चालन गरिरहेको छ।

Metro Mart

31686301056.jpgएमबीबीएस र इन्जिनियरिङ इन्ट्रान्समा कलेजका विद्यार्थीहरुले धेरै सफलता पाएको बताउँदै शाक्यले भने, ’हाम्रो कलेजको विशेषता भनेको मोरल एजुकेशन, समयको व्यवस्थापन र उत्कृष्ट नतिजा नै हो। हामी विदार्थीलाई पूर्णतया तयार बनाउने कोसिस गर्छौ। विद्यार्थी भोलिको दिनमा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गरोस् भन्ने भन्ने हाम्रो ध्याउन्न हुन्छ।’

विज्ञान पढ्ने विद्यार्थीको लागि इन्ट्रान्स परीक्षा वा मेडिकल तथा इन्जिनियरिङ इन्ट्रान्स परीक्षा पनि चलाइरहेको उनले बताए। व्यवस्थापन लिने विद्यार्थीका लागि पनि आइएलटीएस, एकाउन्टिङ कक्षा चलाइने गरेको छ। कलेजले विषयगत कक्षाका साथै अतिरिक्त कक्षा पनि सञ्चालन गर्दै आएको छ। प्रधानाध्यापक शाक्यले भने, ‘शिक्षकको लगन र विद्यार्थीको मेहनतले यस वर्ष २ जना विद्यार्थी र गत वर्ष ५ जना विद्यार्थीले मेडिकलमा नाम निकाल्न सफल भएका थिए। इन्जियिनयरिङमा पनि थुप्रै विद्यार्थीले नाम निकाल्ने गरेका छन्।’

कलेजले विज्ञान र व्यवस्थापनका विद्यार्थीहरुलाई यस वर्षदेखि नयाँ कार्यक्रम ल्याउन लागेको छ। बाहिर गएर भविष्य खोज्ने र पछि गएर विदेशमा उच्च शिक्षाको लागि जाने विद्यार्थीहरुको लागि त्यसै अनुरुपको अंग्रेजी तयारी गराउने सोच रहेको शाक्यले बताए। काठमाडौंको शंखमूल पार्क, झोलुंगे पुल नजिकै रहेको ट्रिटन कलेजको नयाँ भवन पूर्णतया व्यवस्थित छ। व्यवस्थित लाइब्रेरी, कम्प्युटर कक्षा, ल्याब र अन्य अतिरिक्त क्रियाकलापको लागि सुविधायुक्त भवनमा आगामी साउनदेखि नयाँ ब्याचसहित कक्षा सञ्चालन हुन लागेको कलेजले जनाएको छ।

 

 

प्रकाशित: Jun 09, 2023| 14:38 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्