बुधबार, फागुन २७, २०८२

पिउने पानी र सरसफाइमा ध्यान दिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

National life

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए। यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ ।

गर्मी मौषममा सर्पदंश, आगलागी, झाडापखाला, डंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरि आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरुलाई  निर्देशन दिएको छ।

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानिय स्तरका रेडियो, एफएम र पत्रपत्रिका मार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरुलाई आग्रह गरेको छ।

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जिवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघिय, प्रादेशिक र स्थानिय अस्पतालहरुलाई निर्देशन दिएको छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 09, 2023| 14:17 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्