शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ। २७ जेठ शनिबार डा. झा नेतृत्वको टिमले निःशुल्क न्यूरो क्याम्प संचालन गर्नेछ।

himalayan bank box

ओपीडी सेवा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी (न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो। नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ। यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन्। उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेक जाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ। यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ।

 

प्रकाशित: Jun 08, 2023| 18:52 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्