मंगलबार, असार ३, २०८२

साफ च्याम्पियनसिपः नेपाली राष्ट्रिय टिम घोषणा 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफ फुटबल खेल्ने अन्तिम टिम घोषणा गरेका हुन्।
 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं– आगामी ६ असारबाट सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टिम घोषणा गरिएको छ। बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफ फुटबल खेल्ने अन्तिम टिम घोषणा गरेका हुन्।

टिममा विमल पाण्डे, सीमान्त थापा, निशान्त खड्का, लकेन लिम्बू र आभास लामिछानेले पहिलो पटक स्थान पाएका छन्।

च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान  छन्। नेपालले ६ असारमा कुवेतसँग खेल्नेछ भने ९ असारमा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्नेछ। नेपालले ३२ जेठमा फिलिपिन्ससँग खेल्ने तालिका छ।

नेपाली टिम
गोलकिपर: किरण चेम्जोङ, दीप कार्की), विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सीमान्त थापा
मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बू, आभास लामिछाने
फर्वार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराजसिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशीष चौधरी, विमल घर्ती मगर।

प्रकाशित: Jun 08, 2023| 16:56 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्