बुधबार, फागुन २७, २०८२

असार तेस्रो साता प्रकाशित हुँदै एसइई नतिजा

विभिन्न केन्द्रमा परीक्षण गरिएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालय ल्याउने काम अन्तिम चरणमा।
 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ। अहिले विभिन्न केन्द्रमा परीक्षण गरिएको उत्तरपुस्तिकाको नतिजा केन्द्रमा ल्याउने काम भइरहेको बोर्डले जनाएको हो।

National life

विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले बताए।

बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ। ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्नेछ। सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठको भनाइ छ।

गत १७ देखि २९ चैतसम्म सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी थिए। छात्र र छात्राको संख्या क्रमशः २ लाख ४२ हजार ६७४ र २ लाख ४२ हजार ७१२ थियो। यस पटक नेपालसहित जापानमा पनि एसइई सञ्चालन भएको थियो। 

यद्यपि नतिजा सार्वजनिक गर्दा अक्षरांकनसम्बन्धी कुन निर्देशिका अपनाउने भन्ने विषय निक्र्योल भइनसकेको श्रेष्ठले बताए। शिक्षा मन्त्रालयले गत वर्ष अक्षरांकनसम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको छ। 

Laxmi sunrise bank
kumari

निर्देशिकाले ३५ भन्दा कम ल्याउनेलाई ‘नन ग्रेडेड’ भनेर कक्षा ११ मा भर्ना हुने बाटो बन्द गरेको थियो भने पुरानो निर्देशिकाले २० अंकभन्दा पनि थोरै ल्याउनेलाई ‘ई’ मानेर कक्षा ११ मा भर्नाको बाटो खुलाइदिएको छ।

गत वर्ष संशोधित निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा पर्ने देखिएपछि बोर्डले पुरानै निर्देशिकाअनुसार नतिजा सार्वजनिक गरेको थियो।

प्रकाशित: Jun 08, 2023| 14:37 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्