NadaNada
आइतबार, भदौ ८, २०८२

सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

सूर्यविनायकभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरभित्रका विभिन्न स्वास्थ्य चौकीलगात संस्थाम कार्यरत १०० बढी स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब।
 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

भक्तपुर– भक्तपुरको सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाउन सकेका छैनन्। सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत १ सय बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएका हुन्।

चालू आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंले जानकारी दिए।

स्वास्थ्यकर्मीले गत माघदेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए। नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन्।

चापागाईले भने, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर सरकारबाट तलब खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ।’

एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब रु ४५ लाख तलबमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ।

Metro Mart

नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ। नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताए। तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको उनको भनाइ छ।

प्रकाशित: Jun 08, 2023| 10:51 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्