NadaNada
आइतबार, भदौ ८, २०८२

सफा हिमाल अभियान २०२३ सफल

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं- ‘सफा हिमाल अभियान २०२३’को चौथो संस्करण सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गर्दै समापन घोषणा गरिएको हो।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्मालगायत अभियानका साझेदार निकायका प्रतिनिधिहरू सहभागी थिए। अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दै आएको छ।

कोका-कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोरमुक्त बनाउने फाउन्डेसनको दृढ प्रतिबद्धता थप सार्थक बनाएको बताए। सफा हिमालको नेतृत्व नेपाली सेनाले लिएको थियो। सोबाट ३५ हजारभन्दा बढी फोहोर संकलन गरिएको बताइएको छ।

 

प्रकाशित: Jun 07, 2023| 16:29 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्