NadaNada
आइतबार, भदौ ८, २०८२

विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जेठ अन्तिम साता बेल्जियम जाने भएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको छ।

जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन जान लागेका हुन्।

आजकै मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी कालिमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि भएको छ।

 

प्रकाशित: Jun 07, 2023| 14:28 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्