NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • साढे दुई करोड हिनामिना गर्ने मेडिसिटी अस्पतालका पूर्वकर्मचारी पक्राउ

साढे दुई करोड हिनामिना गर्ने मेडिसिटी अस्पतालका पूर्वकर्मचारी पक्राउ

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं- नेपाल मेडिसिटी अस्पतालको दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–४ घर भई मध्यपुर थिमि बस्ने अस्पतालका पूर्वकर्मचारी (कार्यकारी आईपी बिलिङ) को रूपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका–४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल छन्।

अस्पतालको नख्खु ललितपुरस्थित बिलिङ सेक्सनमा काम गर्ने उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामको ‘एचएमआईएस सफ्टवेयर’ को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिने र बिरामीबाट लिएको शुल्क भन्दा कम शुल्क ‘सफ्टवेयर डीएफ इन्ट्रीमा देखाई ठगी गरी घाटा पुर्‍याएको अस्पतालको आरोप छ।

अस्पतालको २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरी घाटा पुर्‍याएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरले जनाएको छ। घटनामा संलग्नको आरोपमा उनीहरूलाई आपराधिक लाभ तथा अपराधिक विश्वापसघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 07, 2023| 12:25 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्