NadaNada
आइतबार, भदौ ८, २०८२

नक्कली शरणार्थी प्रकरणः अदालतमा आरोपितका वकिलको बहस हुँदै

सरकारी वकिलले नक्कली शरणार्थी प्रकरणमा डामिएकालाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने दाबीसहित थुनामै राख्न माग गरेका छन्।
 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलतर्फको बहस मंगलबार सकिएको छ। सरकारी वकिलतर्फको बहस सकिएसँगै आजबाट घटनामा संदिग्धका तर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्दै छन्।

जिल्ला अदालत काठमाडौं सूचना अधिकारी दीपक दाहालले भने, ‘सरकारी वकिलतर्फको मंगलबार बहस सकिएको छ। ऋाजबाट प्रतिवादीबाट कानुन व्यवसायीले बहस गर्नेछन्।’ 

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुन सक्ने भन्दै थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर सरकारी वकिलले प्रस्तुत गरेका थिए।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ। थुनछेक बहस आगामी ३१ जेठसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारे निर्णय हुनेछ। 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा १०  जेठमा मुद्दा दायर गरेको थियो।

Metro Mart

प्रकाशित: Jun 07, 2023| 12:04 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्