मंगलबार, असोज ९, २०८०

अमेरिकाले घटायो चिनियाँ सामानको आयात

 |  बुधबार, जेठ २४, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ। पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो। 

sagarmatha cement

हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ। परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ। अमेरिकी उपभोक्ताले पनि चीन बाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ। ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन्। 

दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन्। यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ। भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले पनि उनीहरूको मन जितेको छ।  

चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन्। अमेरिकी व्यापार तथ्याङ्क प्रयोग गर्ने किर्नीको रिशोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामानको थियो। यो सङ्ख्या  दश वर्षअघि लगभग ७० प्रतिशत थियो। 

किर्नीको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा भियतनामबाट अमेरिकाले दोब्बर र अघिल्लो दशकमा तीन गुणाले आयात गरेको थियो। यसले संयुक्त राज्य अमेरिकामा खपत हुने एसियाली उत्पादनहरूको ठूलो हिस्सामा योगदान पुर्याएको स्पष्ट हुन्छ। 
 

प्रकाशित: Jun 07, 2023| 07:50 बुधबार, जेठ २४, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्