बिहीबार, असोज २, २०८२

हिमाली जिल्लामा पनि फैलियो लम्पी स्किन

 |  बुधबार, जेठ २४, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने  झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ। 

Kumaribank

पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी दिए। लम्की स्किन रोग न्यूनीकरणका लागि खोप आइसकेको भन्दै उहाँले सङ्क्रमित नभएका पशुलाई खोप लगाउन किसानलाई आग्रह गरे। 

मुख्यगरी सव सहारन अफ्रिका मध्यपूर्व र टर्कीमा देखिने गरेको लम्पी स्किन रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो। सन् २०१९ पछि दक्षिण एसियाको बङ्गलादेश, भारत र चीनलगायतका देशमा देखा परिसकेको छ। 

विसं २०७७ असार १० गते मोरङ जिल्लामा लम्पी स्किन रोगको लक्षण देखा परेको सूचना अधिकारी ढकालले जानकारी दिए। उनले भने, “गाईमा लक्षण देखा परेपश्चात् उक्त गाईबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो।”

विशेषगरी सङ्क्रमित लामखुट्टे, टोक्ने झिङ्गा र किर्नाजस्ता किराको टोकाइबाट लम्की स्किन रोग गाई भैँसीमा सरे पनि मान्छेलाई भने यो रोग सर्दैन। लम्की रोग गाई भैँसीमा सरेपछि उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखा पर्दछन्। 

Metro Mart

पहिले घाँटीमा साह्रो गोलो गिर्खा देखिएता पनि शरीरका अन्य भागमा विस्तारै गिर्खा देखिँदै जान्छन्। सूचना अधिकारी ढकालले भने, “यो रोग सरेपछि पशुको थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छ। आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउँछ भने केही सङ्क्रमित गाई भैंसीले कुनै पनि लक्षण नदेखाउन सक्छन्।”

यो रोगको खासै उपचार नभएककाले रोग लाग्नुभन्दा अगाडि गाई भैँसीलाई खोप लगाउने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्न सरसफाइमा ध्यान दिने, गोठ वरिपरि पानी जम्न नदिने सूचना अधिकारी ढकालले सल्लाह दिए।

त्यसैगरी लम्पी स्किन रोग देखा परेका गाईभैँसीलाई ज्वरो घटाउनका लागि पारासिटामेल प्रयोग गर्ने, घाउ चिलाउन कम गर्ने औषधि प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम प्रयोग गर्ने, सङ्क्रमित पशुलाई खोप नदिनेलगायतको सल्लाह पशु सेवा विभागमा कार्यरत पशु चिकित्सक वर्षा थापामगरले सल्लाह दिइन्।

उनले भनिन्, “रोग लागेको थाह पाउने बित्तिकै अलग राख्ने, ज्वरो आएको पशुलाई जोत्ने गाडा तान्ने काममा नलगाउने। गोठमा झिङ्गा, लामखुट्टे र किर्ना लाग्न नदिन वरिपरि धुँवा लगाउनुपर्छ।”


 

प्रकाशित: Jun 07, 2023| 07:19 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्