NadaNada
आइतबार, भदौ ८, २०८२

पाँच दिनपछि सुनकोशीमा फेला परेका शवको पहिचान

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

सिन्धुलीस्थित सुनकोशी नदीमा मंगलबार फेला परेका दुई जनाको शवको सनाखत भएको छ। मंगलबार बेलुका गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। दुई वटै शवको सनाखत भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो। उनीहरूलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता भएको गाडीभित्रैबाट फेला पारेको हो।

गत शुक्रबार बिहान गोलन्जोर गाउँपालिका–७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। खसेको स्थानबाट करिब दुई सय मिटर तल गाडी फेला परेको हो।

सिटिइभिटकीकै योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्।
 

प्रकाशित: Jun 07, 2023| 06:25 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्