काठमाडौं- सुनकोशी नदीमा खसेको सीटीईभीटीको गाडी भेटिएको छ। गाडीसँगै दुई जनाको शव पनि भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शवको सनाखत हुन बाँकी छ। बेपत्ता भएका अर्का एक जनाको अवस्था अझै अज्ञात छ। सशस्त्र प्रहरी बलको गोताखोर टिमले खोजी जारी राखेको छ।
घुर्मी–खुर्कोट खण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेको थियो। दुर्घटनापछि गाडीका चालक भने पौडिएर बाहिर निस्केका थिए। बाँकी ३ जना सीटीईभीटीका कर्मचारी बेपत्ता थिए।
गाडीसँगै बेपत्ता हुनेमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल थिए। बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङ जाने क्रममा नदीमा खसेको थियो।