मंगलबार, असोज ९, २०८०

अत्यधिक गर्मी बढेपछि देवघाटका  विद्यालय बन्द

 |  मंगलबार, जेठ २३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

तनहुँ- अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन्। देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो।

sagarmatha cement

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए।

अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको उनले बताए। अत्यधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन्।

व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले आजदेखि गर्मी बिदा दिएको छ। व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म बिदा दिइएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए। 

गर्मी बढी नै भएको तथा विद्यालयमा सुख्खा मौसमका कारण खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले विद्यालय व्यवस्थापन समितिको आइतबारको निर्णयअनुसार बर्खे बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको उनले बताए। 

व्यास नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिनसक्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए। 

बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ।

प्रकाशित: Jun 06, 2023| 20:31 मंगलबार, जेठ २३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुदूरपश्चिममा डेंगु : आठ सय जनाभन्दा धेरै संक्रमित

सुदूरपश्चिममा डेंगु : आठ सय जनाभन्दा धेरै संक्रमित

सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।
शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन कांग्रेसले भूमिका खेल्ने।
शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षा नियमावलीमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ।