बिहीबार, पुस ३, २०८२

रेशम चौधरी आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयविरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ।

National life

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए। क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै शारदाले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै उनले राष्ट्रपति कार्यालय शीतलनिवास तथा रेशम चौधरीलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्। राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 06, 2023| 18:11 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्