सोमबार, भदौ ९, २०८२

अहिलेको बजेटले लड्‍डु अंक ल्यायो: ओली

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको दाबी गरेका छन्। संसद्‍मा बजेटमाथि भएको छलफलमा मंगलबार बोल्दै उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले लड्‍डु ल्याएको टिप्पणी गरे।

'अर्थ मन्त्रालय विश्वास गर्न लायक रहेन। हामीले गत वर्ष नै देख्यौं। तमासा भयो। तमासा भएपछि यसपटक बेठिक भएको रहेछ, बेठिक स्वीकारिन्छ। आइन्दा यस्तो बेठिक गरिँदैन भनेर सरकारले भन्न सक्यो त? सकेन। ठीक गर्‍या छौं हामीले। कोही पनि गएको छैन। भित्र बस्दै निस्केको हो। बसेकै छैन। बसेको भए पनि त्यहाँ सुतेको छैन। सुतेको भए पनि खाएको छैन। खाए पनि सबै गरे पनि बजेट हेर्या छैन। हेरेको भए पनि लेख्या छैन। यस्तो तर्क, बलजफ्ती गर्ने पनि हद हुन्छ नि?' ओलीले भने।

उनले सत्ता पक्षले बलजफ्ती पास गराएर बहुमतको दम्भ देखाएर पेलेको आरोप लगाए। 'पोहोर त पास भो। परिणाममा बजेट पास भो कि फेल भो हजुर? सोध्न चाहन्छु बजेट पास भो कि फेल भो? मैले भनेको थिएँ। म आज सोध्दैछु सत्ता पक्षलाई। कागजमा पास भयो। व्यवहारमा फेल भयो।  फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु,' उनले भने।

 

प्रकाशित: Jun 06, 2023| 15:45 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्