शनिबार, साउन ३०, २०८३

अर्थमन्त्रीले कसम खानुभएन, शंकाको सुविधा दिन सकिन्छ: ओली

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले अर्थमन्त्री प्रकाशशरण महतले करका दर हेरफेरबारे संसद्‍मा दिएको जवाफमा शंकाको सुविधा दिन सकिने बताएका छन्। अर्थमन्त्री महतको जवाफपछि बजेट छलफलमा भाग लिँदै उनले अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर गरिएको प्रश्न भने बाँकी नै रहेको बताए।

'अर्थमन्त्रीले जवाफ दिने क्रममा कसम खानु भएन। कसम खानेहरु बडा खतरनाक हुन्छन्। त्यसकारण अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ,' उनले भने। अर्थमन्त्रीको भनाइबाट त्यस्तो देखिए पनि करका दर हेर्दा भने शंका गर्न सकिने उनले बताए।

११ सय गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले शंका जन्माएको बताए। 'व्यापारीहरु जुवाडे होइनन्। सबै कुरा क्यालकुलेट गरेर व्यापार गर्छन्,'  ओलीले भने।

प्रकाशित: Jun 06, 2023| 15:09 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्