शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रामहरिको प्रश्न- रामकृष्णलाई अर्थ मन्त्रालयमा किन नियुक्ति दिइयो?

रामहरिको प्रश्न- रामकृष्णलाई अर्थ मन्त्रालयमा किन नियुक्ति दिइयो?

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर प्रश्न गर्दै यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले करका दरमा हेरफेर गरिएको र गैरआधिकारिक व्यक्तिको नियुक्तिबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्। उनले भने, ‘रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ। त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए? २ वर्षअघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्‍यो?’

खतिवडाले २०७९ साल फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार दिने गरी निर्णय गरिएको भन्दै कसको इन्ट्रेस्टले नियुक्ति गरिएको त्यसबारे अर्थमन्त्रीलाई जवाफ दिन माग गरे।

प्रकाशित: Jun 06, 2023| 14:44 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्