सोमबार, भदौ ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • करका दर हेरफेरबारे प्रश्न उठेपछि अर्थमन्त्री- इमान्दार हुन गाह्रो रहेछ

करका दर हेरफेरबारे प्रश्न उठेपछि अर्थमन्त्री- इमान्दार हुन गाह्रो रहेछ

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा झन् गाह्रो भएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा केही व्यापारिक घरानाको स्वार्थमा करका दर हेरफेर गरेको विषयमा सांसदहरुले प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘इमान्दार भएर काम गर्दा झन् धेरै प्रश्न उठ्दो रहेछ। मैले अर्थमन्त्रीका रुपमा सुरुदेखि नै काम गर्दा इमानको ख्याल गरेको छु। इमान्दार हुन गाह्रो रहेछ। बजेट निर्माणका क्रममा नीतिगत सुधारका आवश्यकतालाई ध्यान दिएका थियौँ। हामीले करका दर हेरफेर गर्दा एउटा निश्चित मापदण्ड तय गरेका थियौँ। त्यसबाट दायाँबायाँ भएको छैन।’

महतले आर्थिक विधेयकलाई अन्तिम रुप दिने क्रममा कानुन मन्त्रालयको पनि प्रतिनिधित्व हुने बताए। आर्थिक विधेयक बनाउँदा कानुन मन्त्रालयका सचिव नै आएर हेरेको पनि बताए।

महतले थपे, ‘कानुन सचिवले चेकजाँच गरिसकेपछि अर्थ सचिव र राजस्व सचिवले प्रमाणित गर्ने हो। त्यसपछि १५ गते बिहानमात्रै त्यो छपाइमा जाने हो। करका सबै कुरा सम्मिलित भएको दस्तावेज छोटो समयमा बनाइसक्नुपर्ने दबाब हुन्छ। आर्थिक विधेयक बनाउँदा फोन पनि अफ गरिएको हुन्छ। अरु कसैलाई प्रवेश गर्ने अधिकार हुँदैन।’

प्रकाशित: Jun 06, 2023| 14:39 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्