शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्छ: प्रेम सुवाल

ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्छ: प्रेम सुवाल

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

नेमकिपाका सांसद प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको ढ्यापढ्यापे समयमा उनले मृत्युदण्डको कानुन नबनाएसम्म भ्रष्टाचार नरोकिने तर्क गरे।

कानुन कडा नबनाए बजेटमा विचौलियाको प्रवेश नरोकिने उनको भनाइ छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा कुनकुन पार्टीका नेताहरु संलग्न छन्, प्रधानमन्त्री कति संलग्न छन्, त्यसको छानबिन हुनुपर्ने माग उनले गरे।

सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलोमतोमा सामसुम हुने गरेको टिप्पणी गरे।

प्रकाशित: Jun 06, 2023| 14:23 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्