शनिबार, साउन ३०, २०८३

चोरीका भैंसीसहित एक जना पक्राउ

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

धनुषामा चोरीका दुईवटा भैंसीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी–७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन्।

मुखियाले आइतबार राति मिथिला विहारी नपा-६ पथरा टोलका सुबलाल यादवको गोठबाट २ वटा भैंसी चोरी गरेका थिए। उनलाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैंसीलाई हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।

मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। 

प्रकाशित: Jun 06, 2023| 14:13 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्