धनुषामा चोरीका दुईवटा भैंसीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी–७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन्।
मुखियाले आइतबार राति मिथिला विहारी नपा-६ पथरा टोलका सुबलाल यादवको गोठबाट २ वटा भैंसी चोरी गरेका थिए। उनलाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैंसीलाई हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।
मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।