शनिबार, साउन ३०, २०८३

रास्वपा सांसद वाग्लेले अर्थमन्त्री महतलाई सोधे तीन प्रश्न

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अनधिकृत व्यक्तिको संलग्नताका करको दर हेरफेरबारे अर्थमन्त्री प्रकाशशरण महतलाई तीनवटा प्रश्न सोधेका छन्।  

प्रतिनिधिसभाको आजको बैठकमा उनले यसबारे प्रश्न उठाएका हुन्।

सांसद वाग्लेले अघिल्लो वर्ष करका नीति हेरफेर भएपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको स्मरण गराउँदै बकाइदा कागज मिलाएर, अख्तियारले पनि समाउन नसक्ने गरी भ्रष्टाचार गर्ने काम आगोझैं फैलिएको बताए।

उनले अर्थमन्त्रीलाई तीन प्रश्न सोध्दै चित्तबुझ्दो जवाफ दिन माग गरेका छन्।

– यो वर्ष षड्यन्त्रमूलक तरिकाले निश्चित व्यापारिक लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन?

– एचएस कोड बनाउने व्यक्तिलाई सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन?

– एचएस कोड टाइप गर्न सक्ने एकजना मात्रै हुन्?

प्रकाशित: Jun 06, 2023| 14:10 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्