शुक्रबार, वैशाख २६, २०८२

नवलपरासीमा दम्पती मृत फेला, हत्या भएको अनुमान

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पती मृत भेटिएका छन्। उनीहरुको हत्या भएको अनुमान प्रहरीले गरेको छ।

triton college

प्रतापपुर-८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको प्रहरीले बताएको छ।

सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हो। प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।

हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको पाइएको छ। खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 06, 2023| 11:53 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्