सोमबार, भदौ ९, २०८२

प्रधानमन्त्री प्रचण्ड सुर्खेत हुँदै खप्तडतिर

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत हुँदै खप्तडतिर लागेका छन्। सुर्खेतमा कांग्रेस उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेर उनी खप्तड प्रस्थान गरेका हुन्। सुर्खेत खड्काको गृहजिल्ला हो।

प्रधानमन्त्री प्रचण्ड प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तडमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।त्यहाँ उनले आजबाट सुरु हुने तीन दिवसीय आध्यात्मिक सम्मेलन उद्घाटन गर्दैछन्। खप्तडमा योग, ध्यान पनि आयोजना गरिएको छ।

 प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा योग गुरू रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण पनि सरिक हुने कार्यक्रम छ। सम्मेलनका अवसरमा  योग गुरू रामदेव र आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको बताइएको छ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि खप्तड जाँदैछन्।

यसैबीच, प्रधानमन्त्री अनुपस्थित हुने भएपछि आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आजको बैठकमा सांसदहरुले प्रमलाई प्रश्न सोध्ने र उनले उत्तर दिने कार्यसूची थियो।

Metro Mart

प्रकाशित: Jun 06, 2023| 11:33 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्