बुधबार, फागुन २७, २०८२

यी हुन् छात्रवृत्ति नदिने काठमाडौंका ३४२ निजी विद्यालय

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं महानगरपालिकाले नियमअनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ।

National life

महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची अहिले प्रकाशित गरिएको हो।

ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ। त्यसबेलासम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 06, 2023| 07:56 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्