शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शून्यमा झर्‍यो कोरोना संक्रमण

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

himalayan bank box
Metro Mart
vianet

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । 

अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।
 
गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो । 
 

प्रकाशित: Jun 05, 2023| 06:00 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्