आइतबार, वैशाख २७, २०८३

यी पाँच काम गरे नियन्त्रणमा रहन्छ रक्तचाप

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

एक तथ्यांकअनुसार नेपालमा करिब ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ। यीमध्ये आधाजतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ। उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्छ। यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ। उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ।

National life

कतिपय अवस्थामा महँगो औषधि सेवन गर्नुभन्दा जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन्।

विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ। यदि कोही उच्च रक्तचापका बिरामी मधुमेह, मुटु रोग, पक्षघात वा धुमपान गर्ने छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन्।

औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त?
धुम्रपान र मदिरा सेवन नगर्ने
हरिया सागसब्जी र फलफूल धेरै खाने
खानामा नुन कम गर्ने
रातो र धेरै बोसोयुक्त मासु कम खाने
नियमित व्यायाम तथा योग गर्ने

 

प्रकाशित: Jun 05, 2023| 05:57 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्