शुक्रबार, साउन ८, २०८३

२४ घण्टामा ९४५ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण 

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा ९४५ जनाको कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो २४ घण्टाको अध्यावधिक विवरण अनुसार १३५आरटी-पीसीआर गरेकोमा १ जना र ८१० एन्टीजेज परीक्षण गरेकोमा तीन जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो। 
यही अवधिमा दुई जना संक्रमितको स्वास्थ्य सुधार भएपछि डिस्चार्ज भएका छन् भने अझै १८ जना सक्रिय संक्रमितहरु रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७२६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 
हालसम्म देशभर ११ लाख ५७ हजार ३७६ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ३१ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: Jun 03, 2023| 16:50 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्