बुधबार, फागुन २७, २०८२

कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत

प्रदेशभर ३ लाख ५२ हजार ९८३ विवाहित महिलाले हालसम्म ८ लाख ५२ हजार ३२२ बच्चा जन्माएका तीमध्ये ५४ हजार ५४८ शिशुको मृत्यु। 
 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

सुर्खेत–राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत रहेको देखिएको छ।

National life

३ लाख ५२ हजार ९८३ विवाहित महिलाले हालसम्म ८ लाख ५२ हजार ३२२ बच्चा जन्माएका छन्। तीमध्ये ६.४ प्रतिशत अर्थात् ५४ हजार ५४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन्। 

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा मात्रै २१८ शिशुको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो ३ वर्षमा पाँच वर्षमुनिका ५८६ बालबालिकाको मृत्यु भएको छ।

यसैबीच राष्ट्रिय जनगणनाको तथ्यांकमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ। गत वर्षसम्म ८ लाख ५२ हजार ३५२ बच्चा जन्मिएकामा ५२.२ प्रतिशत अर्थात् ४ लाख ४४ हजार ९१२ छोराको जन्म भएको हो।

त्यस्तै, ४७.९ प्रतिशत अर्थात् ४ लाख ८ हजार २६३ छोरीको जन्म भएको छ। यहाँका महिला अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवाला बताउँछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 03, 2023| 17:25 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्