बुधबार, फागुन २७, २०८२

दिउँसोको घाममा बाहिर ननिस्कन आग्रह

तापक्रम एक्कासि बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्न सुरु भएको र पहाडी क्षेत्रमा समेत केही गर्मी महसुस हुन थालेकाले मन्त्रालयले सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको हो। 
 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो केही दिनयता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदै गएकाले घाम गर्मीको समय दिउँसो बाहिर ननिस्कन सुझाएको छ। तापक्रम एक्कासि बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्न सुरु भएको र पहाडी क्षेत्रमा समेत केही गर्मी महसुस हुन थालेकाले मन्त्रालयले सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको हो। 

National life

तराईका जिल्लामा ’लू’ का कारण वर्षेनी मानिसले अकालमै ज्यान गुमाउने गर्छन्। देशभर तापक्रम बढ्दै गएपछि मन्त्रालयले गर्मी मौसममा तातो हावाबाट बच्न दिउँसो घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

यदि घरबाहिर निस्कनै परे पूरै शरीर छोपिने पातलो कपडा लगाउने, टोपी प्रयोग गर्ने र घामबाट बच्न छाता ओढेर मात्रै निस्कन मन्त्रालयले आग्रह गरेको छ। 

गर्मीका कारण लगातार शरीरमा पानी, ग्लुकोज र नुनको कमीका कारणले गर्दा मानिसलाई डिहाइड्रेसन भई बेहोस हुने सम्भावना बढ्ने मन्त्रालयको भनाइ छ। यसबाट बच्चन फलफुलको रस पिउने, पानी पिउने, जीवनजल पिउन मन्त्रालयको सुझाव छ। 

प्रकाशित: Jun 03, 2023| 12:55 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्