मंगलबार, चैत १७, २०८२

१७ जातजातिको संख्या बढ्यो, १० धर्म कायम

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

National life
kumari

काठमाडौं- नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ। साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो।

विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो। कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ।

प्रकाशित: Jun 03, 2023| 07:51 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्