आइतबार, वैशाख २७, २०८३

गर्मीमा तातो हावा वा लुबाट यसरी जोगिनुहोस्

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं- गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक हुन्छ।  

National life

तातो हावा तथा लूका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। गर्मी मौसममा तापमान बढ्दै जाँदा लूको खतरा पनि बढ्दै जान्छ।

गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरु

- दिउँसो घरबाट बाहिर ननिस्कने

- चिसो पानीले नुहाउने

- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

- फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

- बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

- मदिरा सेवन नगर्ने

- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

प्रकाशित: Jun 03, 2023| 06:21 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्