बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

रोजगार खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँ ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काभ्रे– काभ्रेको बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ। बनेपा नगरपालिका–८ स्थित लायकु मञ्चमा २६–२७ जेठसम्म मेला आयोजना गरिन लागेको हो।

रोजगार खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँ ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। रोजागर खोजीमा रहेका युवालाई दिशानिर्देश गर्न मेला सहयोगी हुने पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए।

‘स्वरोजगार बनाउने उद्देश्यले तालिमका लागि सार्वजनिक सूचना गर्दा पनि कोटाअनुसार आवेदन नपर्ने अवस्था छ। यस्तो अवस्थामा मेला युवाको चाहना बुझ्ने अवसर हुनेमा विश्वास लिएका छौं’, उनले भने। 

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले मेलाले धेरै युवालाई रोजगारको मार्गमा लैजान सहजीकरण गर्ने दाबी गरे। मेलामा धेरैभन्दा धेरै सहभागिताका लागि उनले आग्रह गरे। 

मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच सम्बन्ध विस्तार हुने अपेक्षा लिइएको छ। मेलामा सरोकारवाला र उद्योगीलाई स्टल बुकिङ गर्न पनौती र बनेपा नगरपालिकाअन्तर्गतका शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न आह्वान गरिएको छ।

प्रकाशित: Jun 02, 2023| 16:55 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्