शनिबार, असार १३, २०८३

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि  त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ। आगामी असोजमा चीनको होङझावमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि सचिवालय स्थापना गरिएको हो।

National life

सचिवालय उद्घाटन खेलमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रको विकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए।  उनले एसियाली खेलका लागि बजेट कम हुन नदिन प्रयत्नरत रहेकाले समन्वयकारी भूमिका वहन गर्न राखेपलाई निर्देशन दिए।

राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेकाले तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए।

धेरै खेलका खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भइरहेको उनको भनाइ छ। विशेष तालिमका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने गरी अघि बढिने उनले बताए।

सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने जानकारी दिए। आगामी ६ असोजबाट एसियाली खेल चीनमा सुरु हुँदै छ।

Shivam cement

प्रकाशित: Jun 02, 2023| 15:05 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्