शनिबार, असोज १३, २०८०

रसुवामा निर्वाचनसम्बन्धी सुझाव संकलन

 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

रसुवा- विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ। रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, दोहोरोपना तथा मृत्यु भएकाको नाम हटाउनेजस्ता विविध विषयमा यहाँ सुझाव सङ्कलन गरिएको हो।  

sagarmatha cement

जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको सहकार्य’ विषयमा केन्द्रित अन्तक्र्रियामा नौकुण्ड गाउँपालिकाको दोक्लाङ क्षेत्रका बासिन्दालाई यार्सागाउँको मतदान केन्द्रमा जान टाढा भएको, निर्वाचनलाई भयरहित बनाउनुपर्ने, भोजभतेरलाई कडाइका साथ अन्त्य गर्नुपर्ने, निर्वाचनका लागि तोकिने समयसीमा  छोट्याउनुपर्नेजस्ता विविध सुझाव सङ्कलन भएका छन्।

निर्वाचनका दिन ज्येष्ठ नागरिकलाई उमेरको हिसाबले सवारीसाधनमा ओहोरदोहोर गराउन छुट दिनुपर्ने, लाङ्टाङको मतपेटिका हेलिकोप्टरबाट धुञ्चे सदरमुकाम पुर्याउनुपर्ने, निर्वाचन आचारसंहिताप्रति पूर्ण वफादार बनाई कार्यान्वयनमा तीव्रता दिनुपर्ने अधिकांश सहभागीको सुझाव थियो। 

निर्वाचन आयोगका सचिव गोर्कणमणि दुवाडीको उपस्तिथिमा सुझाव सङ्कलन भएको थियो। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगयाका अध्यक्ष माधवप्रसाद अर्याल, नागरिक समाजका पदाधिकारीलागतयतले सुझाव प्रस्तुत गरेका थिए। रसुवाको कुल मतदाता सङ्ख्या ४० हजार नौ सय ५३ रहेको जिल्ला निर्वाचन अधिकारी श्रीराम नेपालले जानकारी दिए।

प्रकाशित: Jun 01, 2023| 22:22 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्