आइतबार, वैशाख २७, २०८३

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

महानगर र छत्रपाटी निःशुल्क चिकित्सालयबीच ७० कटेका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको हो।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

National life

काठमाडौं– काठमाडौं महानगरले ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ। महानगर र छत्रपाटी निःशुल्क चिकित्सालयबीच यससम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए।

उनका अनुसार स्वास्थ्योपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त वृद्धभत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरिएको छ।

प्रकाशित: Jun 01, 2023| 16:36 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्