मंगलबार, भदौ १०, २०८२

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।
 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

काठमाडौं– टी–२० क्रिकेटअन्तर्गत पाँच खेलको सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियालाई २७ रनले हराएको हो।

Kumaribank

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोडेको थियो। नेपालका लागि सीता रानामगरले २१ रन ज्योति पाण्डेले २३ रनको योगदान दिए। इन्दु वर्माले २० रन, कप्तान रुविना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। रुविनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।

बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन्। १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो। बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दु वर्माले १–१ विकेट लिए। 

यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो। आजको जितसँगै नेपालले सिरिजमा २–१ को अग्रता लिएको छ।

प्रकाशित: Jun 01, 2023| 12:13 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्