बुधबार, मंसिर २०, २०८०

जिल्ला कारागार लमजुङबाट दुई कैदी फरार

 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

sagarmatha cement

लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी फरार भएका छन्। बिहीबार राति साढे १ बजे कारागारको पर्खाल नाघेर उनीहरु भागेका हुन्। 

फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका-३ घट्टेखोला घर भई पोखरा महानगरपालिका- १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन्। 

फरार कैदीको खोजीमा डीएसपी प्रकाश श्रीमल नेतृत्वको टोली खटिएको छ। विक जबरजस्ती करणी मुद्दामा र गुरूङ ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए। 
 

प्रकाशित: Jun 01, 2023| 07:45 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्